काठमाडौँ – इन्डोनेसियाको पश्चिमी जाभास्थित बेकासी क्षेत्रमा दुई रेल आपसमा ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ भने ८४ जना घाइते भएका छन्। दुर्घटना मंगलबार बेलुका करिब ८:५० बजे जकार्ता–बेकासी रुटमा भएको बताइएको छ।
रेल सञ्चालन गर्ने कम्पनीका अनुसार मृतकहरूको शव पहिचानका लागि प्रहरी अस्पतालमा राखिएको छ। घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
दुर्घटनापछि राष्ट्रपति प्रबोवो सुबिआन्तो अस्पताल पुगेर घाइते र मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घटनाको छानबिन गरी दोषी पत्ता लगाउने प्रतिबद्धता पनि जनाएका छन्। यस घटनाबारे रेल अपरेटर र राष्ट्रिय यातायात सुरक्षा निकायले कारण खोज्ने काम अघि बढाएका छन्।








