काठमाडौँ – नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले घटेर २ लाख ९७ हजार ५ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन भने सुन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत मंगलबार सुनको मूल्य ३ लाख १ हजार ३ सय रुपैयाँ थियो भने माघ १५ गते ३ लाख ३९ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला १०० रुपैयाँले घट्दै ४ हजार ९४५ रुपैयाँमा झरेको छ। सोमबार यसको मूल्य ५ हजार ४५ रुपैयाँ थियो।








