काठमाडौं – मुलुकभर बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आक्रामक अग्रता लिएको छ । पछिल्लो प्राप्त परिणाम अनुसार रास्वपाले देशभरका ४१ निर्वाचन क्षेत्रमा आफ्नो बलियो अग्रता कायम गरेको छ ।
भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।
त्यस्तै, काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ र ललितपुर-३ मा डा. तोसिमा कार्कीले सानदार जित नजिक छन् । काठमाडौंका बाँकी ७ वटै क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारहरूले फराकिलो अग्रता लिइरहेका छन् ।
रास्वपाका सभापति रवि लामिछानेले चितवन-२ मा आफ्नो अग्रतालाई सुरक्षित राखेका छन् भने झापा-५ मा बालेन्द्र शाह (बालेन) र झापा-२ मा इन्दिरा राना मगरले पुराना दलका दिग्गज उम्मेदवारहरूलाई निकै पछाडि पारेका छन् । तनहुँ-१ मा डा. स्वर्णिम वाग्लेको अग्रताले पनि विपक्षी दलहरूमा खैलाबैला मच्चाएको छ ।
सहरी क्षेत्र मात्र नभई यसपटक रास्वपाले तराई र सुदूरपश्चिममा पनि आफ्नो प्रभाव जमाएको छ । मोरङका ४ वटा क्षेत्र , रूपन्देहीका ३ वटा क्षेत्र र कञ्चनपुरका ३ वटै निर्वाचन क्षेत्रमा घण्टी चिह्न भएका उम्मेदवारहरूले सुरुवाती अग्रता लिएका छन् । बाँके , दाङ , रौतहट र बारा जस्ता जिल्लाहरूमा पनि रास्वपाको उपस्थिति निकै शक्तिशाली देखिएको छ ।
अग्रता लिइरहेका उम्मेदवारहरू :
-
काठमाडौं उपत्यका :
-
काठमाडौं–२ : सुनिल केसी
-
काठमाडौं–३ : राजुनाथ पाण्डे
-
काठमाडौं–४ : पुकार बम
-
काठमाडौं–५ : सस्मित पोखरेल
-
काठमाडौं–६ : शिशिर खनाल
-
काठमाडौं–७ : गणेश पराजुली
-
काठमाडौं–९ : डीपी अर्याल
-
काठमाडौं–१० : प्रदीप विष्ट
-
भक्तपुर–१ : रुकेश रञ्जित
-
भक्तपुर–२ : राजीव खत्री
-
ललितपुर–२ : जगदीश खरेल
-
-
पूर्वी र मध्य तराई :
-
झापा–५ : बालेन्द्र शाह (बालेन)
-
झापा–२ : इन्दिरा राना मगर
-
मोरङ–१ : यज्ञमणि न्यौपाने
-
मोरङ–३ : गणेश कार्की
-
मोरङ–४ : सन्तोष राजवंशी
-
मोरङ–५ : आशा झा
-
महोत्तरी–१ : प्रमोदकुमार महतो
-
रौतहट–४ : गणेश पौडेल
-
बारा–१ : गणेश धिमाल
-
-
गण्डकी र लुम्बिनी :
-
चितवन–२ : रवि लामिछाने
-
चितवन–३ : सोविता गौतम
-
तनहुँ–१ : स्वर्णिम वाग्ले
-
कास्की–१ : खड्कराज पौडेल
-
कास्की–२ : उत्तमप्रसाद पौडेल
-
कास्की–३ : बिना गुरुङ
-
स्याङ्जा–१ : धनञ्जय रेग्मी
-
रूपन्देही–२ : सुलभ खरेल
-
रूपन्देही–३ : डा. लेखजंग थापा
-
रूपन्देही–५ : तौफिक अहमद खान
-
पाल्पा–१ : विमल पन्त
-
-
पश्चिम र सुदूरपश्चिम :
-
बाँके–१ : सुरेशकुमार चौधरी
-
बाँके–३ : खगेन्द्र सुनार
-
दाङ–१ : देवराज पाठक
-
बर्दिया–२ : श्रीधर पोख्रेल
-
कञ्चनपुर–१ : जनक सिंह धामी
-
कञ्चनपुर–२ : दिपकराज बोहरा
-
कञ्चनपुर–३ : ज्ञानेन्द्र सिंह महता
-
धादिङ–१ : आसिका तामाङ
-








