Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सुरु गर्ने भएको छ। कम्पनीका अनुसार यस उडानमा ‘प्वाइन्ट टु प्वाइन्ट’ अर्थात् सिधा गन्तव्य जाने यात्रुलाई मात्र यात्रा गर्न अनुमति दिइनेछ।

काठमाडौं विमानस्थलका एयरपोर्ट सर्भिस म्यानेजर नारायण पक्वान ले जारी गरेको सूचनाअनुसार उडान नम्बर एफजेड ५७३ मार्च ४ मा दुबईबाट राति ११:३० बजे काठमाडौं अवतरण गर्नेछ। त्यसैगरी एफजेड ५७४ मार्च ५ मा राति १२:३० बजे काठमाडौंबाट दुबईका लागि प्रस्थान गर्ने तालिका रहेको छ।

एयरलाइन्सले उडानसम्बन्धी थप परिवर्तन वा नयाँ जानकारी भएमा पछि सार्वजनिक गरिने जनाएको छ। साथै यात्रुहरूलाई आवश्यक विवरणका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया