Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने फागुन २१ गते सार्वजनिक बिदा भए पनि बैंकिङ सेवा सीमित रूपमा खुला राख्न निर्देशन दिएको छ।

सरकारले तीन दिनको सार्वजनिक बिदा दिने निर्णय गरे पनि निर्वाचनसँग सम्बन्धित वित्तीय काम सहज रूपमा अघि बढोस भनेर राष्ट्र बैंकले आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो। यस अन्तर्गत सरकारी कारोबार गर्ने एजेन्सी बैंक, राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचार–प्रसार खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाले रकम दाखिला र भुक्तानी जस्ता सेवा जारी राख्नेछन्।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यको निर्वाचन सहज र व्यवस्थित हुने गरी बैंक र वित्तीय संस्थाका शाखाहरू नियमित सञ्चालनको व्यवस्था मिलाउन आवश्यक छ। यसले मतदाता, राजनीतिक दल र सम्बन्धित निकायलाई वित्तीय काममा कुनै अवरोध नआओस् भन्ने उद्देश्य राखिएको छ।

तपाईको प्रतिक्रिया