Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ चपली क्षेत्रमा शङ्कास्पद अवस्थामा प्रेसर कुकर भेटिएपछि सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएका छन्। मंगलबार मध्यराति उक्त वस्तु फेला परेपछि स्थानीय बासिन्दामा केही समय त्रास फैलिएको थियो। सुरक्षाको कारण देखाउँदै रातभर उक्त क्षेत्रमा सवारी साधन तथा आवतजावत पूर्ण रूपमा रोकिएको थियो।

चपलीबाट माथिल्लो भंगालतर्फ जाने भित्री सडकमा कागजले बेरिएको र तार जोडिएको प्रेसर कुकर भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार उक्त वस्तु बम हो वा होइन भन्नेबारे अझै स्पष्ट भइसकेको छैन। घटनाबारे जानकारी पाएपछि नेपाली सेना अन्तर्गतको चन्दननाथ गणबाट १५ सदस्यीय बम डिस्पोजल टोली परिचालन गरिएको छ। टोलीले बिहानदेखि शङ्कास्पद वस्तु सुरक्षित रूपमा निष्क्रिय पार्ने काम अघि बढाएको जनाएको छ।

यसैबीच, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उक्त क्षेत्रलाई घेराबन्दी गर्दै सुरक्षा कडा बनाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया