Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२६ को कंग्रेस (संसदीय) चुनावलाई आफ्नो राजनीतिक जीवनको रक्षा कवचका रूपमा व्याख्या गरेका छन् । वासिङ्टनमा आयोजित रिपब्लिकन सांसदहरूको रणनीतिक भेलालाई सम्बोधन गर्दै ट्रम्पले चुनावमा पार्टी पराजित भए आफूमाथि पुनः महाभियोग लाग्ने निश्चित रहेको जिकिर गरे ।

रिपब्लिकन सांसदहरूलाई कडा निर्देशन दिँदै ट्रम्पले भने, ‘तपाईंहरूले यो मध्यावधि चुनाव जसरी पनि जित्नैपर्छ । यदि हाम्रो जित भएन भने विपक्षी डेमोक्र्याटहरूले मलाई महाभियोग लगाउने कुनै न कुनै बहाना खोज्नेछन् । उनीहरू मलाई हटाउन तत्पर छन् ।’

पछिल्लो समय भेनेजुएलामा अमेरिकी हस्तक्षेप, निकोलस मादुरोको गिरफ्तारी प्रकरण र ग्रिनल्याण्ड खरिदको विषयले अन्तर्राष्ट्रिय राजनीति ततािरहँदा ट्रम्पले भने घरेलु राजनीतिमा आफ्नो बचाउको तयारी थालेका हुन् । उनले आफूविरुद्ध हुनसक्ने सम्भावित अनुसन्धान र कानुनी पासोबाट बच्नका लागि पनि संसदमा रिपब्लिकनको बहुमत अनिवार्य रहेको औंल्याए ।

‘महँगी र स्वास्थ्य सेवालाई एजेन्डा बनाऊ’

राष्ट्रपति ट्रम्पले आफ्ना सांसदहरूलाई आन्तरिक गुटबन्दी र मतभेद तत्काल अन्त्य गर्न आग्रह गरे । उनले अमेरिकी मतदाताको मन जित्न स्वास्थ्य सेवा (हेल्थ केयर), निर्वाचनको निष्पक्षता र लैङ्गिक मुद्दाहरूमा पार्टीको धारणा स्पष्ट पार्न निर्देशन दिए । विशेषगरी बढ्दो महँगीका कारण आक्रोशित जनतालाई रिझाउन ठोस योजना लिएर जानुपर्ने उनको भनाइ थियो ।

डेमोक्र्याटहरूको बलियो पक्ष मानिने ‘ओबामाकेयर’ को प्रभाव तोड्न ट्रम्पले रिपब्लिकनहरूलाई स्वास्थ्य सेवाको मुद्दामा स्वामित्व लिन आग्रह गरे । उनले भने, ‘स्वास्थ्य सेवा निकै महत्त्वपूर्ण विषय हो, यसको समाधान खोजेर जनतालाई रिपब्लिकनहरूको विकल्प दिनुहोस् ।’

‘मादुरोले मेरो डान्स कपी गरे’

करिब ८४ मिनेट लामो भाषणमा ट्रम्पले गम्भीर राजनीतिक मुद्दाका साथै रमाइला किस्साहरू पनि सुनाए । उनले भेनेजुएलाका नेता निकोलस मादुरोले आफ्नो ‘नाच्ने शैली’ को नक्कल गरेको भन्दै ठट्टा गरे ।

सोही क्रममा उनले आफ्नी पत्नी मेलानिया ट्रम्पको प्रसंग पनि कोट्याए । ट्रम्पका अनुसार, मेलानियाले उनलाई सार्वजनिक मञ्चमा ननाच्न सुझाव दिने गरेकी छन् । ‘मेलानिया निकै परिष्कृत छिन्, उनले मलाई भन्छिन्- यो राष्ट्रपतिका लागि सुहाउने कुरा होइन,’ ट्रम्पले यसो भन्दा हलमा हाँसो गुञ्जिएको थियो ।

 

तपाईको प्रतिक्रिया