Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – ताइवानका पूर्वप्रधानमन्त्री फ्रान्क सिए जापानसँगको सम्पर्क तथा समन्वय गर्ने प्रमुख निकायको अध्यक्षमा नियुक्त भएका छन् । ‘ताइवान-जापान सम्बन्ध एसोसिएसन’ ले मंगलबार सिएले पदभार ग्रहण गरेको जानकारी दिएको हो ।

७९ वर्षीय अनुभवी राजनीतिज्ञ सिए ताइवानको सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का संस्थापक सदस्य हुन् र उनले विगतमा पार्टीको नेतृत्व समेत सम्हालिसकेका छन् । उनले सन् २००८ को राष्ट्रपतीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए, यद्यपि उनी कुओमिन्ताङका मा यिङ-जिउसँग पराजित भएका थिए । जापानमा उच्च शिक्षा हासिल गरेका सिएलाई जापान मामिलाका विज्ञ मानिन्छ ।

उनले सन् २०१६ देखि लगातार आठ वर्षसम्म जापानस्थित ताइपेई आर्थिक तथा सांस्कृतिक प्रतिनिधि कार्यालयको प्रमुखका रूपमा कूटनीतिक जिम्मेवारी निर्वाह गरिसकेका छन् ।  नयाँ जिम्मेवारी सम्हाल्दै सिएले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले ताइवान र जापानबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने र यसलाई विश्व शान्तिका लागि एक उदाहरणका रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनको यो नियुक्तिलाई ताइवानका राष्ट्रपति लाई चिङ-तेले जापानसँगको सम्बन्धलाई दिएको उच्च प्राथमिकता र महत्वका रूपमा विश्लेषण गरिएको छ ।

 

तपाईको प्रतिक्रिया