समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कुलमान घिसिङलाई उपसभापति बनाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णयप्रति प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले वैकल्पिक शक्तिको दाबी गर्ने पार्टीले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो भन्ने प्रश्न गरेका हुन्।
सोमबार मात्र रास्वपाले कुलमान घिसिङलाई उपसभापति बनाउने निर्णय गर्दै उनी संरक्षक रहेको उज्यालो पार्टी नेपालसँग एकता गर्ने सहमति गरेको थियो।








