Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

काठमाडौं – अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले नेपालको राजनीतिमा ठूलो उथलपुथल आउन लागेको भन्दै एक विशेष रिपोर्ट सार्वजनिक गरेको छ । रोयटर्सका अनुसार काठमाडौँ महानगरपालिकाका लोकप्रिय मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आगामी फागुनमा हुने संसदीय निर्वाचनका लागि ऐतिहासिक चुनावी गठबन्धन भएको छ ।

रोयटर्सले पार्टी अधिकारी र राजनीतिक विश्लेषकहरूलाई उद्धृत गर्दै लेखेअनुसार, भएको सहमतिमा यदि रास्वपाले निर्वाचन जितेमा ३५ वर्षीय बालेन शाह मुलुकको प्रधानमन्त्री बन्नेछन् । यता ४८ वर्षीय रवि लामिछानेले भने पार्टीको नेतृत्व सम्हाल्ने गरी कार्यविभाजन भएको छ । तीन दशकदेखि नेपालको सत्तामा आलोपालो गरिरहेका पुराना दलहरूलाई यो नयाँ समीकरणले गम्भीर चुनौती दिने विश्लेषण रोयटर्सले गरेको छ ।

समाचारमा उल्लेख भएअनुसार यो गठबन्धन गत सेप्टेम्बरमा भएको ‘जेन-जी अर्थात् युवाहरूको व्यापक प्रदर्शनको जगमा निर्माण भएको हो । भ्रष्टाचारविरुद्धको उक्त प्रदर्शनमा ७७ जनाको ज्यान गएको र त्यसैका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको रोयटर्सको दाबी छ । बालेन शाहलाई उक्त आन्दोलनको अघोषित नेतृत्वकर्ताका रूपमा चित्रण गर्दै उनकै पहलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी अन्तरिम सरकार गठन भएको समाचारमा उल्लेख छ ।

राजनीतिक विश्लेषक विपिन अधिकारीले रोयटर्ससँग कुरा गर्दै यसलाई रास्वपाको ‘स्मार्ट र रणनीतिक कदम’ भनेका छन् । उनले भनेका छन्, ‘बालेन र उनका युवा समर्थकहरूलाई आफ्नो पक्षमा ल्याउनु रास्वपाको लागि ठूलो सफलता हो, जसले गर्दा पुराना दलहरू आफ्ना युवा मतदाता गुम्ने डरले त्रसित देखिएका छन् ।’

तपाईको प्रतिक्रिया