Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा तमु ल्होसार पर्व मनाउदै छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिन्छ। यस पर्वलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा उल्लासपूर्वक मनाउने गर्छन्।

तमु ल्होसार सूर्यको किरणसँग सम्बन्धित पर्व हो। गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वतजस्ता जिल्लामा सूर्यको ताप चाँडो पर्ने भएकाले पुस महिनामा यो पर्व मनाइन्छ। त्यसपछि तामाङ र शेर्पा समुदाय बसोबास गर्ने क्षेत्रमा क्रमशः माघ र फागुनमा ल्होसार मनाइने चलन छ।

पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि रात छोटिँदै जाने भएकाले पनि यस पर्वको विशेष महत्त्व रहेको बताइन्छ। तमु ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम र ल्होसार महोत्सव आयोजना गरिएको छ।

तपाईको प्रतिक्रिया