समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकता भएको छ। आज भएको सहमतिअनुसार दुई पार्टी सातबुँदे सहमतिसहित एक भएका हुन्।
एकताको सहमतिपत्रमा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्। रास्वपा नेता बालेन साहले साक्षीका रूपमा हस्ताक्षर गरेका छन्।
उज्यालो नेपाल पार्टी ऊर्जा मन्त्री कुलमान घिसिङको पहलमा स्थापना भएको पार्टी हो। रवि लामिछाने, बालेन साह र कुलमान घिसिङबीच भएको छलफलपछि पार्टी एकताको सहमति भएको हो।








