Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

टोकियो – साना बालबालिकासहित जापान भ्रमणमा आउने विदेशी पर्यटकहरूलाई लक्षित गर्दै विदेशी भाषामा ‘बेबी सिटिङ’ (बालबालिका हेरचाह) सेवा जापानमा लोकप्रिय बन्न थालेको छ । विशेषगरी जापानी संस्कृतिको आनन्द लिन चाहने तर बालबालिकाका कारण कतिपय अनुभव लिन नसक्ने धनाढ्य परिवारहरूका बीचमा यो सेवाको माग ह्वात्तै बढेको छ ।

केही सेवा प्रदायकहरूले बालबालिकाको हेरचाह मात्र नभई उनीहरूका लागि व्यावहारिक ज्ञानमूलक कार्यक्रमहरू पनि सञ्चालन गर्न थालेका छन् । यसले अभिभावक र बालबालिका दुवैलाई आ-आफ्नै तरिकाले समयको सदुपयोग गर्ने अवसर जुराएको छ । जापानमा बढ्दो पर्यटनसँगै यात्रुहरूको आवश्यकतामा आएको विविधतालाई यो नयाँ प्रवृत्तिले प्रतिविम्बित गरेको छ ।

गत नोभेम्बरको अन्त्यमा अमेरिकाको क्यालिफोर्नियाबाट परिवारसहित जापान आएका केल्भिन योङले आफ्ना ५ र २ वर्षका छोरीहरूलाई होटेलमै ‘न्यानी’ (सुसारे) को जिम्मा लगाए । करिब चार घण्टासम्म उनले श्रीमतीसँग टोकियोको एक उच्चस्तरीय सुशी रेस्टुरेन्टमा समय बिताए, जहाँ साना बालबालिकासहित जान प्रायः असहज हुन्छ । भोलिपल्ट बिहान छोरीहरूले उक्त समयमा बनाएका हस्तकलाका सामग्रीहरू उत्साहका साथ अभिभावकलाई देखाएका थिए ।

यो बाल स्याहार सेवा कामाकुरा, कानागावा प्रिफेक्चरमा रहेको ‘सिंक इंक’ नामक कम्पनीले प्रदान गरेको थियो। यस कम्पनीमा अंग्रेजी बोल्ने राष्ट्रिय रूपमा प्रमाणित नौ जना बाल स्याहारकर्ता र एक नर्स कार्यरत छन् । सन् २०२५ को अप्रिलमा सेवा सुरु भएयता कम्पनीले ५० भन्दा बढी अनुरोधहरू सम्हालिसकेको छ। यसको शुल्क तीन घण्टाका लागि ५४,००० येन (करिब ३५० डलर) बाट सुरु हुन्छ ।

होटेलमा हेरचाह गर्ने र डुलाउने बाहेक, सिंकले मन्दिरहरूमा ‘जेन’ ध्यान र स्थानीय जापानी नर्सरी स्कुलहरूको भ्रमण जस्ता गतिविधिहरू पनि गराउँदै आएको छ । सिंककी अध्यक्ष साया सुगाहारा भन्छिन्, ‘बालबालिकालाई विशेष अनुभवहरू प्रदान गरेर हामी अभिभावकहरूलाई निस्संकोच आफ्नो समयको आनन्द लिन सक्ने वातावरण बनाउन चाहन्छौं ।’

टोकियोस्थित प्रमुख बाल स्याहार प्रदायक ‘पोपिन्स कर्प’ले पनि सन् २०२५ को वसन्तदेखि विदेशी भाषा बोल्ने बेबीसिटरहरूको भर्ना बढाएको छ । उता, नागोया म्यारियट एसोसिया होटेलले पाहुनाहरूका लागि यस्ता बेबीसिटरहरू बुक गर्न अनलाइन सेवा नै सुरु गरेको छ ।

सरकारी तथ्याङ्क अनुसार, सन् २०२४ मा करिब ३ करोड ६८ लाख विदेशी पर्यटक जापान आएका थिए, जसमा करिब ६ लाख ९० हजार ४ वर्ष वा सोभन्दा कम उमेरका बालबालिका थिए ।

तपाईको प्रतिक्रिया