Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

टोकियो – जापानको उत्तरी क्षेत्र होक्काइडोस्थित एक स्की रिसोर्टमा आइतबार बिहान भएको दुर्घटनामा परी एक ५ वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार रिसोर्टको स्की लिफ्टमा दाहिने हात च्यापिएपछि बालकको ज्यान गएको हो ।

दमकल तथा उद्धार टोलीका अनुसार बिहान करिब १० बजे बालककी आमाले आपतकालीन सेवामा फोन गरेर छोरा ओतारुस्थित रिसोर्टको ‘कन्भेयर-बेल्ट लिफ्ट’ मा फसेको जानकारी गराएकी थिइन् । स्थानीय प्रहरी र उद्धारकर्मीले दिएको जानकारी अनुसार, रिसोर्टको पार्किङ क्षेत्र र स्की खेल्ने ठाउँ (स्लोप) लाई जोड्ने उक्त लिफ्टबाट ओर्लने क्रममा बालक लडेका थिए । उक्त लिफ्टमा यात्रुले समात्नका लागि ‘ह्यान्डरेल’ (बार) नभएको बताइएको छ ।

दुर्घटना लगत्तै घटनास्थललाई निलो त्रिपालले घेरिएको थियो भने रिसोर्टका अन्य गतिविधिहरू बन्द नगरी सञ्चालनमै राखिएको थियो । घटनास्थल नजिकै रहेका एक दम्पतीले त्रिपालले घेरिएको क्षेत्रभित्रबाट बालकका आफन्तले उनलाई ढाडस दिँदै चिच्याइरहेको आवाज सुनेको बताएका छन् । उक्त स्की रिसोर्टमा नियमित आउने गरेका ७० वर्षका एक वृद्धले लिफ्टको सुरक्षा अवस्थाबारे प्रश्न उठाएका छन् । उनले भने, ‘लिफ्टको बेल्ट ठाउँ-ठाउँमा हल्लिने गर्छ । म आफैं पनि पहिले त्यहाँ लड्खडाएको थिएँ र मलाई त्यो ठाउँ खतरनाक लागेको थियो ।’

 

तपाईको प्रतिक्रिया