Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले दुई हप्ताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने पक्का भएपछि उनले महानगरको जिम्मेवारी छोड्ने निर्णय गरेका हुन्।

आज बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछानेबीच बालेन रास्वपाबाट चुनाव लड्ने र प्रधानमन्त्रीको उम्मेदवार हुने सहमति भएको थियो। सहमतिअनुसार प्रधानमन्त्रीको उम्मेदवार बन्न मेयर पदबाट माघ ६ गतेभित्र राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ। बालेनको काठमाडौँ महानगरपालिकामा अझै १६ महिना कार्यकाल बाँकी छ। तर उम्मेदवार बन्ने भएपछि उनले दुई हप्ताभित्र राजीनामा दिने तयारी गरेका हुन्।

मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले केही काम बाँकी रहेकाले प्राविधिक र राजनीतिक पक्ष हेरेर उचित समयमा राजीनामा दिने तयारी भइरहेको बताएका छन्।

तपाईको प्रतिक्रिया