Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको छ।

अघिल्लो हप्ता शुक्रवार छापावाल सुन तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य १ हजार ३०० रुपैयाँले बढेर नयाँ उच्च स्तरमा पुगेको हो।

सुनको मूल्य २ लाख ७० हजार रुपैयाँ नाघेसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रवार चाँदीको मूल्य तोलामा ४ हजार ५६५ रुपैयाँ थियो।

 
 

तपाईको प्रतिक्रिया