Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

काठमाडौं – वैकल्पिक राजनीतिको मियो ठानिएका दुई चर्चित पात्रहरू- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अन्ततः एकै कित्तामा उभिएका छन् । आइतबार बिहान भएको ७ बुँदे रणनीतिक सम्झौतासँगै आगामी संसदीय निर्वाचनमा यी दुईले एउटै चुनाव चिन्ह र झण्डामूनि रहेर प्रतिस्पर्धा गर्ने निश्चित भएको हो ।

घोषित नयाँ राजनीतिक समीकरण अनुसार रास्वपाको संगठनात्मक नेतृत्व (पार्टी सभापति) रवि लामिछानेले नै सम्हाल्नेछन् भने बालेन शाहलाई संसदीय दलको नेताका रूपमा अघि सार्दै ‘भावी प्रधानमन्त्री’ को उम्मेदवार बनाइनेछ । सम्झौतापत्रमा दुवै नेताले आ-आफ्नो पदीय हैसियत (सभापति वा मेयर) उल्लेख नगरी व्यक्तिगत तवरमा हस्ताक्षर गरेका छन् । यसले मेयर शाहले तत्कालै पदबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिन लागेको संकेत गरेको छ ।

सम्झौताको मुख्य सार ‘जेनजी ले भ्रष्टाचार र कुशासनविरुद्ध छेडेको आन्दोलनको अपनत्व ग्रहण गर्नु हो । घाइते तथा सहिद परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनीहरूले आगामी १० वर्षभित्र नेपाललाई ‘सम्मानजनक मध्यम आय’ भएको मुलुकमा रुपान्तरण गर्ने महत्वाकांक्षी मार्गचित्र अघि सारेका छन् ।

यस्तो छ शक्तिको बाँडफाँट
लामो समयदेखि चर्चामा रहेको एकता प्रयासले उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट लामिछाने रिहा भएपछि मूर्तरूप लिएको हो । दुई पक्षबीचको ‘पावर शेयरिङ’ मोडेलमा रास्वपाको नाम, चुनाव चिन्ह (घण्टी) र झण्डा यथावत रहनेछ । सम्झौतामा भनिएको छ- ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’

सहमतिको पूर्णपाठ :-

तपाईको प्रतिक्रिया