Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

टोकियो – जापानमा नयाँ वर्षको बिदा मनाउन आ-आफ्नो गृह नगर (गाउँ) फर्किने मानिसहरूको चाप शनिबार उत्कर्षमा पुगेको छ । करिब नौ दिनसम्म चल्ने यो लामो बिदाको सुरुवातसँगै देशका प्रमुख रेल स्टेसन र विमानस्थलहरूमा बिहानैदेखि यात्रुहरूको बाक्लो भीड लागेको थियो । सुटकेस र झोला बोकेका परिवारहरूको लामो लाइनले प्लेटफर्महरू भरिभराउ देखिन्थे ।

वर्षको अन्त्य नजिकिँदै गर्दा बढ्दो महँगीले दैनिक जीवनमा केही असहजता थपेको भए पनि, धेरै यात्रुहरूले यो लामो बिदालाई परिवारसँग शान्त समय बिताउने र थकान मेटाउने दुर्लभ अवसरका रूपमा लिएका छन् ।

टोकियो स्टेसनमा भेटिएका ७८ वर्षीय एक कर्मचारी ओसाकास्थित आफ्नो घर फर्किँदै थिए । राजधानी नजिकै एक्लै बसेर काम गर्दै आएका उनले भने, ‘यो वर्ष सबै कुराको मूल्य बढेर जीवनयापन केही कठिन त भयो, तर म मेरा नातिनातिनीहरूलाई भेट्न पाउने कुराले अत्यन्तै उत्साहित छु ।’ दुवै हातमा नातिनातिनीका लागि मिठाईका झोला बोकेका उनी निकै खुसी मुद्रामा देखिन्थे ।

उता सिन-ओसाका स्टेसनमा भेटिएका ४० वर्षीय एक पुरुष हिरोसिमा प्रिफेक्चर जाँदै थिए । हालै मात्र जागिर परिवर्तन गरेका उनले यो बिदालाई नयाँ सुरुवातको रूपमा लिएको बताए । उनले भने, ‘म घर गएर बुबाआमालाई आफ्नो नयाँ कामबारे जानकारी गराएर आश्वस्त पार्न चाहन्छु ।’

टोकियोको हानेदा विमानस्थल पनि आफन्तका लागि कोसेलीका प्याकेट बोकेका यात्रुहरूले खचाखच भरिएको थियो । हिरोसिमा जान लागेकी २५ वर्षीया युवतीले नयाँ वर्षमा घर जानु आफ्नो वार्षिक नियमित रुटिन रहेको बताइन् । उनले भनिन्, ‘म मन्दिरमा दर्शन गर्न र परिवारसँग ढुक्कले समय बिताउन चाहन्छु ।’

त्यस्तै, ४५ वर्षीया एक सरकारी कर्मचारी आफ्ना पति र दुई छोरीहरूसहित दक्षिण-पश्चिमी जापानको मियाजाकी प्रिफेक्चर जाँदै थिइन् । १०१ वर्षीय हजुरबुबालाई भेट्न जान लागेकी उनले भनिन्, ‘हामी हजुरबुबासँग भेटेर रमाइलो गर्ने र सबै मिलेर ‘तेप्पान्याकी’ (जापानी परिकार) को स्वाद लिन आतुर छौं ।’

 

तपाईको प्रतिक्रिया