Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङबीच शनिबार बिहान भेटवार्ता भएको छ। दुवैबीच बिहान ८ बजे बालुवाटारको एक स्थानमा भेट भएको दुवै पक्षनिकट स्रोतले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरणका लागि संवाद चलिरहेका बेला बालेनले मन्त्री घिसिङसँग भेट गरेका हुन्। भेटमा रास्वपाबाट आएको प्रस्ताव र सम्भावित एकीकरणको ढाँचाबारे छलफल भएको बताइएको छ। घिसिङनिकट नेताहरूका अनुसार बालेनले पहिले आफूहरूलाई समर्थन गर्ने स्पष्ट बताएका थिए। अहिले रास्वपासँग एकीकरणबारे कुराकानी हुन थालेपछि त्यसैबारे जानकारी गराएको बताइएको छ।

रास्वपा सभापति रवि लामिछाने र बालेनलाई नजिक ल्याउन दोस्रो तहका नेताहरूले सहकार्यको मोडालिटी तयार गरिरहेका छन्। रास्वपातर्फबाट शिशिर खनाल र अशिम शाह तथा बालेनतर्फबाट कुमार बेन र भूपदेव शाहले कुराकानी गरिरहेका छन्। यस तहमा सहमति जुटेपछि बालेन र रवि लामिछानेबीच प्रत्यक्ष भेटवार्ता हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया