Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज पुस ११ गते शुक्रबार सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि सुनको उच्च मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ रहेको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले बढेर प्रतितोला चार हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया