Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय चर्चामा रहेका केही व्यक्तिहरू नशाको लतमा परेको अवस्थामा देखिनु चिन्ताको विषय भएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाजमा चर्चित भनिएका व्यक्ति नै नशामा लठ्ठिएको अवस्थामा भेटिनु राम्रो संकेत नभएको उल्लेख गरे। यद्यपि, उनले कसलाई लक्षित गरेर यस्तो टिप्पणी गरेका हुन् भन्ने स्पष्ट पारेनन्।उनले भने, “देशमा चर्चित भनिएका मानिसहरू नशामा झुम्मिएका भेटिन्छन्। जसलाई धेरै चर्चामा ल्याउन खोजिएको छ, त्यस्ता व्यक्ति पनि नशामा लिप्त देखिन्छन्।” नशाको लतमा रहेका व्यक्तिहरूले त्यसलाई त्यागे आफू खुसी हुनेसमेत ओलीले उल्लेख गरे।

कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको स्वाधीनताको रक्षा र मजबुतीका लागि पार्टी कार्यकर्ताहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह पनि गरे।

 

 

तपाईको प्रतिक्रिया