Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ। हिजो बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई पार्टीबीच एकता गर्ने निर्णय गरेको हो। राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले यसबारे जानकारी दिएका हुन्।

श्रेष्ठका अनुसार बुधबार साँझ ७ बजेअघि दुई दलबीच एकता सहमति पत्रमा हस्ताक्षर भएको छ। हाल एकता गर्ने सहमति मात्र भएको र पद बाँडफाँटको विषयमा कुनै निर्णय नभएको उनले बताए। उनले कमल थापा कुनै किसिमको बार्गेनिङ नगरी एकताका लागि तयार भएको पनि बताए।

राप्रपाको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि कमल थापाले २०७८ माघ २५ गते पार्टीबाट अलग भएको घोषणा गरेका थिए। २०७८ मंसिरमा भएको महाधिवेशनमा उनले पूर्वराजा र निर्मल निवासको हस्तक्षेपका कारण आफू पराजित भएको आरोप लगाएका थिए। पछि थापाले २०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए।

 

तपाईको प्रतिक्रिया