Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – हङकङको उत्तरी क्षेत्रमा रहेको आठ भवनको आवासीय कम्प्लेक्समा लागेको आगलागीमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ। आगो बिहीबारसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आएको छैन। सुरुमा सयौँ बेपत्ता भएको अनुमान गरिएको थियो। तर केहीसँग पछि सम्पर्क स्थापित भएको फायर सेवाले जनाएको छ।

बुधबार ३१ तले वाङ फुक कोर्टमा मर्मतका क्रममा बाँकी ज्वलनशील सामग्रीका कारण आगो छिट्टै फैलिएको जनाइएको छ। ‘गम्भीर लापरवाही’ गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मृतकमध्ये एक ३७ वर्षीय अग्नि नियन्त्रक पनि छन्। ५६ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ। करिब २७९ जनासम्म बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ भने ९०० भन्दा बढी बासिन्दाले अस्थायी आश्रय लिएका छन्।

उच्च ताप, धुवाँ र भग्नावशेषका कारण उद्धार कठिन भएको अधिकारीहरूले बताएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले यस घटना प्रति समवेदना व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया