Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन हो। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दलहरूले आजभित्र दर्ता प्रक्रियासमेत पूरा गर्नुपर्नेछ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा हाल कुल १३४ राजनीतिक दल छन्। तीमध्ये मंगलबारसम्म ८० दलले मात्रै दर्ता गराइसकेका छन्।

पहिले नै दर्ता भइसकेका दलले पनि यसपटकको निर्वाचनमा भाग लिन फेरि दल दर्ता प्रक्रियामा सहभागी हुनुपर्ने नियम आयोगले लागू गरेको छ। त्यसअनुसार दल दर्ता र नविकरणका लागि आज अन्तिम दिन कायम गरिएको हो।

 

 

तपाईको प्रतिक्रिया