Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

टोकियो – जापानमा रहेका नेपाली अभिभावकका लागि एभरेष्ट इन्टरनेशनल स्कुल आराकावाले निःशुल्क भर्ना तथा अध्ययनको व्यवस्था गरेको छ। नेपाल सरकार र जापान सरकारबाट मान्यता प्राप्त यस स्कुलमा पढाई नेपाली भाषामै सञ्चालन हुँदै आएको छ, जसले जापानमा बसोबास गर्ने नेपाली बालबालिकालाई मातृभाषामा सहज सिकाइ सुनिश्चित गर्छ।

स्कुलले यसै नोभेम्बरदेखि जापान सरकारबाट पूर्णरूपमा सहुलियत प्राप्त गरेको छ। त्यसका कारण अभिभावकले आफ्ना बच्चालाई कुनै शुल्क नलागी अध्ययन गराउन सक्नेछन्।विद्यार्थी तथा अभिभावकको सुविधाका लागि स्कुलले दुईवटा बस रुट सञ्चालन गरिरहेको छ। जस अनुसार रुट A मा ओकुबो, ताकादानोबाबा, इकेबुकुरो, उएनो, निप्पोरी आदि रहेको छ भने रुट B मा कोइवा, किता-सेन्जु, आयासे, गोत्तान्नो रहेको छ ।
स्कुल प्रशासनका अनुसार भर्ना प्रक्रिया खुला छ, तर सिट संख्या भने सीमित भएकाले अभिभावकले यथाशीघ्र सम्पर्क गर्नुपर्नेछ।थप जानकारी तथा भर्नासम्बन्धी विवरणका लागि स्कुलले तलका सम्पर्क नम्बर उपलब्ध गराएको छ । 03-5604-9300, 080-7642-2552 

एभरेष्ट इन्टरनेशनल स्कुल आराकावाले जापानमा रहेका नेपाली समुदायका विद्यार्थीलाई गुणस्तरीय र पहुँचयोग्य शिक्षा प्रदान गर्ने लक्ष्यका साथ सेवा विस्तार गरिरहेको छ।आराकावा क्याम्पसमा हाल कक्षा नर्सरी देखी कक्षा ५ सम्मको पढाई भईरहेको छ भने अर्को बर्षदेखि ६ कक्षासम्म पढ़ाई हुने छ। *** 

तपाईको प्रतिक्रिया