समाचार सुन्नुहोस :
काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य एकैदिन ठूलो मात्रामा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले वृद्धि भएको हो।
सोमबार प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ।
चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ। सोमबार प्रतितोला ३ हजार ११५ रुपैयाँ रहेको चाँदी मंगलबार बढेर ३ हजार २०० रुपैयाँमा पुगेको छ।








