टोकियो – अर्थमन्त्री सातसुकी कातायामाले बुधबार विदेशी विनिमय बजारमा येनको कमजोरीको नकारात्मक प्रभाव स्पष्ट देखिएको बताएका छन्, जुन दिन जापानी मुद्रा अमेरिकी डलरको तुलनामा ९ महिनाको न्यून विन्दुमा झरेको थियो ।
येनको गिरावटले जापानी अर्थतन्त्रमा चिन्ता बढाएको छ । ‘विदेशी विनिमयको उतारचढावले अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्ने भए तापनि नकारात्मक प्रभाव बढी स्पष्ट भएको कुरा अस्वीकार गर्न सकिँदैन,च कातायामाले संसदीय सत्रमा भने ।
बुधबार टोकियोमा दिउँसोको कारोबारमा डलर १५४ येनको माथिल्लो स्तरमा बलियो थियो ।








