Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो- म्यानमारको मध्य भागमा बौद्ध पर्वका क्रममा भएको हवाई आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । निर्वासित नेशनल युनिटी सरकार (NUG) का प्रवक्ताले बीबीसी बर्मीसँगको कुराकानीमा यो जानकारी दिएका हुन्।

सोमबार साँझ थाडिङ्युट नामक बौद्ध पर्व मनाइरहेका करिब १०० जना मानिस चाउङ यू  टाउनसिपमा जम्मा भएका थिए । त्यो बेला मोटरचालित प्याराग्लाइडरले भीडमाथि दुईवटा बम फालेको पीपल्स डिफेन्स फोर्स (PDF) का स्थानीय अधिकारीले बताएका छन्। बौद्ध पर्वसँगै उक्त कार्यक्रम सैनिक सरकारले लागू गरेका नीतिहरू विरुद्ध दिप प्रज्वलन गरी विरोधसभा पनि थियो ।

पीडीएफ अधिकारीका अनुसार, प्रदर्शन भइरहेका बेला उनीहरूले सम्भावित हवाई आक्रमणको सूचना पाएकाले कार्यक्रम छोट्याउने तयारीमा थिए तर प्यारामोटरहरू अपेक्षा भन्दा छिटो त्यहाँ पुगे र सात मिनेटभित्र बम फाले । स्थानीयहरूले बीबीसी बर्मीसँग भनेका छन् कि विस्फोटको क्षति यति भयावह थियो कि मृतकहरूको पहिचान गर्न समेत गाह्रो भएको छ। 

मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेशनलले मंगलबार वक्तव्य जारी गर्दै सैन्य शासनले मोटरचालित प्याराग्लाइडरमार्फत समुदायमाथि आक्रमण गर्न थालेको कुरा “चिन्ताजनक प्रवृत्ति” भएको बताएको छ। संस्थाका म्यानमार अनुसन्धानकर्ता जो फ्रीम्यानले भने, “यो आक्रमण म्यानमारका सर्वसाधारणहरू तत्काल सुरक्षा आवश्यक भएको भयावह चेतावनी हो ।” उनले आसियान (ASEAN) लाई पनि सैन्य जुन्ता सरकार माथि दबाब बढाउन र विगत पाँच वर्षदेखि असफल रहेको आफ्नो नीति पुनर्विचार गर्न आग्रह गरेका छन् ।

बीबीसी बर्मीसका अनुसार, सैन्य जुन्ता सरकारले हाल विमान र हेलिकोप्टरको अभावमा प्यारामोटर प्रयोग गर्न थालेको छ । पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण म्यानमारले नयाँ सैन्य उपकरण खरिद गर्न नसकेको बताइन्छ।

म्यानमार सन् २०२१ को सैनिक कू पछि लगातार गृहयुद्धमा फसेको छ । संयुक्त राष्ट्रसंघका अनुसार, यो संघर्षमा अहिलेसम्म ५,००० भन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ । सोमबारको कार्यक्रममा सहभागीहरूले सैन्य भर्ती नीतिको विरोध गर्दै, आगामी निर्वाचन र आङ सान सु चीसहित राजनीतिक कैदीहरूको रिहाइको माग गरेका थिए। म्यानमारमा आगामी डिसेम्बरमा आम निर्वाचन हुने तय गरिएको छ, तर आलोचकहरूले यो चुनाव स्वतन्त्र र निष्पक्ष नहुने र जुन्तालाई सत्तामा कायम राख्ने माध्यम मात्र हुने बताएका छन्।

तपाईको प्रतिक्रिया