Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – ओकिनावा प्रिफेक्चरल सरकारले मंगलबार २ प्रतिशत आवास करको मस्यौदा अध्यादेश सार्वजनिक गरेको छ । यसलाई यस महिनाको अन्त्यमा बस्ने प्रिफेक्चरल सभाको नियमित बैठकमा पेश गर्ने योजना छ ।

ओकिनावाका अधिकारीहरूका अनुसार, होटल र बसाइका लागि प्रस्तावित यो निश्चित दरको आवास कर प्रिफेक्चरल सरकारले पेश गरेको यस प्रकारको पहिलो कर हुनेछ । आगामी २०२६ आर्थिक वर्षको अन्त्यसम्ममा लागू गर्ने तयारी गरिएको यो कर प्रतिव्यक्ति प्रति रात २,००० येनको अधिकतम सीमासहित आवास शुल्कमा लगाइनेछ ।

यद्यपि, विद्यालय भ्रमण र अतिरिक्त क्रियाकलापमा सहभागी हुनेहरूलाई यसबाट छुट दिन सकिनेछ । यो करबाट वार्षिक करिब ७.८ बिलियन येन राजस्व संकलन हुने अपेक्षा गरिएको छ ।

संकलित राजस्वको ४० प्रतिशत प्रिफेक्चरल सरकारलाई र ६० प्रतिशत आफ्नै आवास कर लागू गर्ने विचार गरिरहेका पाँच नगरपालिकाहरूलाई बाँडिने छ। अन्य सबै नगरपालिकाहरूले भने ५०-५० प्रतिशतको बाँडफाँड पाउनेछन् ।

 

तपाईको प्रतिक्रिया