Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि यसको असर नेपालमा पनि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ लाख ७ हजार ९०० पुगेको छ। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

मंगलबार सुन प्रतितोला रु २ लाख ५ हजार ९०० मा कारोबार भएको थियो। आज भने मूल्य प्रतितोला रु २ हजारले बढेको छ।त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर रु २ हजार ४८० कायम भएको छ।

अन्तरराष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३,५३६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया