समाचार सुन्नुहोस :
काठमाडौँ – राजधानीको गोंगबु टाउन प्लानिङस्थित एक घरमा प्रहरीले ठूलो मात्रामा अवैध रकम लुकाइएको सूचनाका आधारमा मंगलबार छापा मारेको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले छापा मार्दा गोरखा घर भएका विनोद श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले जानकारी दिएका छन्।
घटनास्थलमा काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारी पनि पुगेका छन्। प्रहरीले हाल घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।








