समाचार सुन्नुहोस :
काठमाडौँ – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।
भेटमा दुई देशबीचको आपसी सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको जनाइएको छ। साथै उच्चस्तरीय भ्रमणको आदानप्रदान, आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि र लगानीलगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा पनि कुराकानी भएको बताइएको छ।








