Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानको राजधानी टोकियोमा घरधनीहरूले गरिरहेको अस्वाभाविक घरभाडा वृद्धिको गुनासो गर्नेहरूका लागि वकिलहरूको एक समूहले निःशुल्क टेलिफोन परामर्श सेवा सुरु गरेको छ ।

टोकियो फेडरेसन अफ ल्यान्ड एन्ड हाउस लिजहोल्डर्स एसोसिएसनका वकिल काजुतोशी तानेडाले एनएचकेलाई बताएअनुसार, बढ्दो मूल्यवृद्धिसँगै घरधनीहरूले भाडा बढाउन खोज्ने प्रवृत्ति देखिएको छ । उनले धेरै अवस्थामा, भाडावालहरूले घरधनीले मागेको रकम स्वीकार गर्ने गरेको बताए, तर भाडा वृद्धि गर्न दुवै पक्षको सहमति आवश्यक पर्ने र भाडावालहरूले त्यसलाई अस्वीकार गर्न सक्ने स्पष्ट पारे ।

परामर्श समूहले प्राप्त गरेका सोधपुछहरूमध्ये ‘मेरो भाडा अचानक दोब्बर हुने भनिएको छ । मैले के गर्नुपर्छ ?’ र ‘यदि मैले भाडा वृद्धि अस्वीकार गरेँ भने मेरो करार रद्द हुन्छ कि ?’ जस्ता प्रश्नहरू थिए ।

केही घटनाहरूमा, भाडावालहरूलाई ठूलो मात्रामा भाडा बढाएको सूचना दिइएको छ, कतिपयको त भाडा तेब्बरसम्म पुर्‍याइएको छ । वकिलहरूले फोन गर्नेहरूलाई भाडा वृद्धिको आधारबारे घरधनीलाई सोध्न सल्लाह दिएका छन् ।

टेलिफोन परामर्श सेवा साताका दिनहरूमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ०३-३९८२-७२७७ नम्बरमा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया