Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका छन्। उनलाई विमानस्थल गेटमै ठूलो संख्यामा आएका समर्थकहरूले र्‍यालीसहित स्वागत गरेका थिए।

साम्पाङका गतिविधि प्रायः काठमाडौंमा चर्चा बटुल्ने गरेका छन्। कहिले धरानमा पानीको माग गर्दै गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्छन्, त कहिले एक्लै उभिएर आन्दोलन गर्छन्। यसपटक पनि उनलाई स्वागत गर्न ठूलो भीड देखिएको थियो।

उनको सचिवालयका अनुसार साम्पाङ काठमाडौंमा आफ्ना समर्थकलाई भेट्न चाहन्छन्। यसअघि पनि उनी काठमाडौं आउँदा समर्थकहरू बाक्लै संख्यामा उपस्थित हुने गरेका थिए।

तपाईको प्रतिक्रिया