Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – निजी विद्यालय सञ्चालकहरूले काठमाडौंको चक्रपथमा स्कुल बससहित र्‍याली गरेका छन्। उनीहरूले विद्यालय शिक्षा विधेयकमा उल्लेख गरिएको “पूर्ण छात्रवृत्ति” र “गैरनाफामूलक” बनाउने भन्ने शब्द हटाउन माग गरेका हुन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विधेयक सच्याउन दबाब दिन उनीहरूले प्रदर्शन गरेका हुन्।

यसै क्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा र्‍याली निकाले। र्‍यालीका क्रममा निजी विद्यालयका पहेँला बसहरू चक्रपथको एक लेनमा लस्कर लागेका थिए। यसले केही ठाउँमा अन्य सवारीसाधनको आवागमनमा समस्या भएको थियो।

तपाईको प्रतिक्रिया