Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएको भन्दै यसमा छिमेकी राष्ट्रहरूले असन्तुष्टि जनाउनुपर्ने कारण नभएको बताएका छन्। नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भारत र चीनले लिपुलेकलाई व्यापारिक नाका बनाउन गरेको सम्झौतामा प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति उचित भएको स्पष्ट पारे।

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो । हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन,’ उनले भने, ‘यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन । त्यो भूमि हाम्रो हो । यसमा हामी प्रस्ट छौँ ।’

उनले थपे, “प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा लिपुलेकसम्बन्धी सम्झौतामा आपत्ति जनाउनु सही हो। नेपालको भूमि कुनै पनि राष्ट्रविरुद्ध प्रयोग हुन दिने हाम्रो नीतिमा परिवर्तन हुने छैन।”

तपाईको प्रतिक्रिया