समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्यूडको भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।
भूकम्प स्थानीय समय अनुसार राति ११:४७ बजे पाकिस्तान सीमा नजिक गएको बीबीसीले जनाएको छ। ८ किलोमिटर गहिराइमा केन्द्रित मुख्य भूकम्पपछि ४.५ देखि ५.२ म्याग्निच्यूडका कम्तीमा तीन परकम्पन आएका छन्। कम्पन काबुलदेखि पाकिस्तानको इस्लामाबादसम्म महसुस गरिएको थियो।
दुर्गम र पहाडी क्षेत्र प्रभावित भएकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। बाढी र पहिरोका कारण सडकहरू अवरुद्ध हुँदा उद्धारमा कठिनाइ भएको छ। स्थानीय अधिकारीहरूले उद्धार र राहतका लागि मानवीय संस्थाहरूसँग सहयोग मागेका छन्।








