समाचार सुन्नुहोस :
काठमाडौँ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ। आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गरेको दिवा भोजमा सहभागी हुँदै गर्दा करिडोरमा उनीहरूबीच भेट भएको हो।
यस भेटवार्ताबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। उनले नेपाल–भारतबीच गहिरो सम्बन्ध रहेको बताएका छन्।
प्रधानमन्त्री ओली शनिबार चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा शाङ्घाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेका हुन्।








