समाचार सुन्नुहोस :
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रतितोला रू २,०३,६०० कायम भएको छ। यो मूल्य गत शुक्रबारको तुलनामा प्रतितोला रू ३,००० ले बढेको हो।
साथै, चाँदीको मूल्य पनि प्रतितोला रू २,४२५ मा कायम भएको महासङ्घले जनाएको छ।








