Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने जापान भ्रमणमा छन्। प्रधानमन्त्रीको हैसियतमा यो उनको आठौँ जापान यात्रा हो। यसअघि मनमोहन सिंहले तीन पटक मात्र जापान भ्रमण गरेका थिए।

मोदीले जापानमा १५औं भारत–जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन्। सम्मेलनमा दुई देशबीचको रणनीतिक र आर्थिक साझेदारीलाई अझ बलियो बनाउने विषयमा छलफल हुनेछ। जापान पुग्नुअघि उनले सामाजिक सञ्जालमा लेखेका थिए, “यस भ्रमणले भारत–जापानबीचको विशेष रणनीतिक र विश्वव्यापी साझेदारीलाई सुदृढ पार्नेछ।”

आज ( शुक्रबार ) मोदीले जापानी प्रधानमन्त्री इशिबासँग सुरक्षा, रक्षा, व्यापार र प्रविधि सम्बन्धी विषयमा छलफल गर्ने कार्यक्रम छ। त्यसपछि दुवै नेताबीच रात्रिभोज हुनेछ। शनिबार मोदीले मियागीस्थित बुलेट ट्रेनका कोच बनाउने कारखानाको पनि अवलोकन गर्नेछन्। जापानी सञ्चारमाध्यमका अनुसार, यसै भ्रमणमा जापानले भारतमा १० ट्रिलियन येन (झन्डै ५.९३ लाख करोड भारतीय रुपैयाँ) लगानीको घोषणा गर्ने तयारी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा ५० प्रतिशत कर लगाउने निर्णय गरेको पृष्ठभूमिमा, मोदीको यो जापान भ्रमण भारतका लागि रणनीतिक र आर्थिक दृष्टिले विशेष महत्त्वपूर्ण हुने मानिएको छ।

तपाईको प्रतिक्रिया