Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको सुनधारास्थित सिभिल मलबाट प्रहरीले ६ थान नक्कली पेस्तोल बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार मलको पाँचौं तलामा सन्तोषी श्रेष्ठले सञ्चालन गरेको द टोय स्टोर बाट अटोमेटिक पेस्तोल जस्तो देखिने हतियार फेला परेको हो।

यस क्रममा काभ्रेको रोशी घर भएका ३१ वर्षीय सुरज मगरलाई पक्राउ गरिएको छ। उनलाई हतियार आयात र बिक्री गर्ने आरोप लागेको छ। जनसेवा प्रहरी वृत्तबाट खटिएको टोलीले उनलाई बिहीबार पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी मुद्दामा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ।

प्रहरी अनुसन्धानले आरोपीले सो हतियार प्रत्येक थान ५०१ रुपैयाँमा भित्र्याएर १४ देखि १९ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको तथ्य पत्ता लगाएको छ। नक्कली भए पनि ती पेस्तोलको तौल प्रहरीले प्रयोग गर्ने पेस्तोलसँग मिल्दोजुल्दो रहेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया