समाचार सुन्नुहोस :
काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बुधबारको तुलनामा केही बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु १ लाख ९४ हजार ८०० तोकिएको छ। बुधबार यो मूल्य रु १ लाख ९३ हजार ५०० थियो।
त्यस्तै, चाँदी पनि प्रतितोला रु २ हजार २९० मा कारोबार भइरहेको छ, जुन बुधबारको तुलनामा रु ३५ बढी हो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔँस ३ हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।








