Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – गुण्डागर्दीको आरोपमा हाल काठमाडौं प्रहरीको हिरासतमा रहेका मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ विरुद्ध भक्तपुर प्रहरीले पनि ज्यान मार्ने उद्योगको पुरानो मुद्दामा अनुसन्धान अघि बढाउने भएको छ । करिब एक वर्षअघि भक्तपुरको सानोठिमीमा भएको एक सांघातिक आक्रमणको घटनामा उनको संलग्नता रहेको आरोपमा अनुसन्धान हुन लागेको हो ।

गत बिहीबार राति महाराजगञ्जस्थित होटल साम्बालामा जन्मदिनको पार्टी मनाइरहेको अवस्थामा चक्रेसहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । तीमध्ये १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौं परिसरको अनुसन्धान सकिएलगत्तै चक्रेलाई भक्तपुर प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धानका लागि लैजाने तयारी गरेको छ ।

के थियो भक्तपुरको घटना ?
२०८० साल भदौ ४ गते, सानोठिमीस्थित दिव्यश्वरीमा रहेको ‘बड्डाको तावा रेस्टुरेन्ट’मा मनिष रायमाझीमाथि सांघातिक आक्रमण भएको थियो । उनका काका दिनेशकुमार रायमाझीले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पीडित मनिषले फेसबुकमा चक्रे मिलनको शारीरिक अवस्थालाई लिएर “डुँडे” भनी टिप्पणी गरेको रिसइबीमा आक्रमण भएको जाहेरीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया