Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानको राष्ट्रिय जनसंख्यामा सन् २०२४ मा हालसम्मकै सबैभन्दा ठूलो गिरावट आएको छ । सरकारी तथ्यांकअनुसार जापानी नागरिकको जनसंख्या एक वर्षमा करिब लाख ८ हजारले घटेर १२ करोड ६ लाख ५३ हजार २२७ मा झरेको छ । यो गिरावट लगातार १६औं वर्षको हो र सन् १९६८ मा तथ्यांक संकलन सुरु भएयताकै सबैभन्दा ठूलो वार्षिक कमी हो ।

यो तथ्यांकले जापानका नीति निर्माताहरू घट्दो जन्मदर र क्षेत्रीय जनसंख्यामा आएको कमीलाई रोक्न कत्तिको संघर्ष गरिरहेका छन् भन्ने कुरालाई उजागर गर्दछ । देशमा मृत्यु हुनेको संख्या जन्मनेको भन्दा निकै बढी रहेको छ, जसले जनसंख्यामा तीव्र गिरावट ल्याएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२४ मा जापानमा जम्मा ६ लाख ८६ हजार ६१ शिशुको जन्म भएको थियो, जुन सन् १८९९ यताकै सबैभन्दा कम हो । यो अघिल्लो वर्षको तुलनामा ४१ हजारभन्दा बढीले कम हो । अर्कोतर्फ, सोही वर्ष १६ लाख मानिसको मृत्यु भएको थियो, जसले जन्म र मृत्युबीचको अन्तरलाई झनै फराकिलो बनाएको छ ।

यो जनसांख्यिकीय संकटले जापानको अर्थतन्त्र र समाजमा गहिरो प्रभाव पारिरहेको छ । घट्दो श्रमशक्तिले बढ्दो वृद्ध जनसंख्याको सामाजिक सुरक्षा र स्वास्थ्य सेवाको लागत धान्नुपर्ने चुनौती थपिएको छ । प्रधानमन्त्री शिगेरु इशिबाले यो अवस्थालाई ‘शान्त आपतकाल’ को संज्ञा दिँदै जन्मदर बढाउनका लागि लचिलो कार्यघण्टा र परिवारमैत्री नीतिहरू आवश्यक रहेको बताएका छन् ।

सरकारले बालभत्ता वृद्धि गर्ने र अभिभावकलाई छुट्टीको सुविधा दिने जस्ता योजनाहरू अघि सारे पनि त्यसको प्रभाव देखिएको छैन । ढिलो विवाह, आर्थिक असुरक्षा र कामकाजी अभिभावकलाई अपर्याप्त सहयोग जस्ता कारणहरूले गर्दा युवाहरू बच्चा जन्माउन उत्साहित छैनन् । विज्ञहरूले यो प्रवृत्तिलाई उल्टाउन नसके जापानले भविष्यमा गम्भीर आर्थिक र सामाजिक समस्याहरूको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया