Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – रुसी तेल खरिदको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको कडा चेतावनीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्वीकार गरेका छन् । ट्रम्पले भारतविरुद्ध २५ प्रतिशत भन्सार महसुल र जरिवानाको धम्की दिँदा मोदी सरकारले ‘राष्ट्रिय हित’ लाई सर्वोपरि राख्दै रुसी तेल आयात जारी राख्ने चट्टानी अडान लिएको हो ।

युक्रेन युद्धलाई लिएर रुसमाथि दबाब बढाउन खोजेका ट्रम्पको निशानामा भारत परेको छ । तर, मोदी सरकारले आफ्ना तेल कम्पनीहरूलाई आयात नरोक्न स्पष्ट निर्देशन दिँदै अमेरिकी दबाबलाई बेवास्ता गरेको छ । प्रधानमन्त्री मोदीले अनिश्चित विश्व परिवेशमा भारतको आर्थिक हितको रक्षा गर्नु महत्त्वपूर्ण रहेको बताएका छन् ।

अमेरिकी चेतावनीका बाबजुद भारतले व्यापार वार्तालाई निरन्तरता दिए पनि कृषि र डेरी जस्ता संवेदनशील क्षेत्रमा कुनै छुट नदिने संकेत गरेको छ । प्रधानमन्त्री मोदीले भारतीय उत्पादनको प्रयोग बढाउन र आफ्ना किसान तथा उद्योगको हित रक्षा गर्न जनतालाई आह्वानसमेत गरेका छन् ।

विश्लेषकहरूले भारतको यो कदमलाई अमेरिकी दबाब सामु नझुक्ने तर वार्ताको ढोका पनि खुला राख्ने रणनीतिको रूपमा हेरेका छन् । दुई देशबीचको यो तनावपूर्ण सम्बन्धका बीच यसै महिना वार्ता हुन सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया