Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाको कोलोराडो राज्यको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानमा शनिबार आगलागी भएको छ। उक्त विमान मियामीका लागि उड्न लागेको थियो। उडान अगाडि ल्यान्डिङ गियरमा समस्या देखिएपछि टेकअफ रोक्दा विमानको पछिल्लो भागमा आगो लागेको हो। यो घटना स्थानीय समयअनुसार दिउँसो २:४५ बजे भएको थियो।

विमानमा १७३ जना यात्रु र ६ जना क्रु सदस्य सवार थिए। आपतकालीन स्लाइडको प्रयोग गरेर सबैलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ। घटनामा ६ जना सामान्य घाइते भएका छन् भने एक जनालाई अस्पताल भर्ना गरिएको छ।

अमेरिकन एयरलाइन्सले टायरमा समस्या देखिएपछि विमानलाई सेवा बाहिर राखिएको जानकारी दिएको छ। आगो नियन्त्रणमा आइसकेको र मियामी जानुपर्ने यात्रुहरूका लागि अर्को विमानको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यस घटनाका कारण दिउँसो २ बजेदेखि ३ बजेसम्म ८७ वटा उडान प्रभावित भएका छन्।

तपाईको प्रतिक्रिया