Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
  • यसपालीको तीजमा कम्मर मर्काउन आयो ‘लाहुरे दाइ…’

काठमाडौं – नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा सांगीतिक बजारमा पनि तीज गीतहरूको रौनक छाएको छ । देशमै र प्रवासमा रहेका सर्जकहरूले पनि नयाँ गीत ल्याइरहेका छन् । 

यही क्रममा, चर्चित लोक तथा दोहोरी गायिका ऋतु थापा मगरले नयाँ तीज कोसेली ‘लाहुरे दाइ’ सार्वजनिक गरेकी छन् । मौलिक शब्द र रमाइलो भाकाले सजिएको यो गीतले छोटो समयमै दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ ।

गायिका ऋतु थापा मगरको आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘लाहुरे दाइ’ मा उनलाई लोकप्रिय गायक तथा सर्जक प्रकाश पराजुलीले स्वरमा साथ दिएका छन् । गीतमा लाहुरे र उनकी प्रियसीबीचको प्रेमिल रमाइलो संवादलाई दोहोरी भाकामा प्रस्तुत गरिएको छ । गीतको शब्द तथा संगीत पनि स्वयं प्रकाश पराजुलीले नै तयार पारेका हुन् ।

गीतको अडियो जति सुमधुर छ, यसको भिडियो पनि उत्तिकै आकर्षक र मनोरञ्जनात्मक बनेको छ । तेजेन्द्र भण्डारीको सिनेमेटोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा कलाकारहरूको जीवन्त अभिनय देख्न सकिन्छ । शिव खरेल (माइला दाइ), दीपा थापा मगर, सुरज अर्याल, जुनु भुजेल र मनिषा खत्रीको दमदार नृत्य तथा अभिनय रहेको छ । ‘माइला दाइ’को रमाइलो नृत्य र दीपा थापा मगरको आकर्षक प्रस्तुतिले भिडियोलाई थप उर्जाशील बनाएको छ ।

गीतको संगीत संयोजन भुवन बिकले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ खडक बाजुरालीले सम्हालेका छन् । विकास ज्ञवालीले सम्पादन गरेको भिडियोमा परम्परागत तीजको पूजापाठदेखि आधुनिक पार्टीको माहोलसम्मका दृश्यहरूलाई कलात्मक ढंगले देखाइएको छ ।

गायिका ऋतु थापा मगरले हरेक वर्षझैँ यस पटक पनि दर्शकलाई निराश नबनाउने एक स्तरीय तीज गीत उपहार दिएकी छन् । गीत दर्शक-श्रोता मन पराउने अपेक्षा गरिएको छ । 

तपाईको प्रतिक्रिया