Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो- भारतको नागरिक उड्डयन नियामक निकायले जुन महिनामा २६० जनाको ज्यान जानेगरि भएको भीषण दुर्घटनामा इन्धन नियन्त्रण स्विचको संलग्नता रहेको रिपोर्ट सार्वजनिक भएपछि, देशका एयरलाइन्सलाई बोइङ विमानका ती स्विचहरूको जाँच गर्न आदेश दिएको छ । 

निगम डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन (DGCA) ले जनाए अनुसार यो आदेश त्यति बेला आएको हो जब भारतीय र अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले स्वेच्छिक रूपमा आफ्ना जाँचहरू सुरु गरिसकेका छन् ।

संयुक्त राज्यको फेडरल एभिएसन एडमिनिस्ट्रेसन (FAA) ले सोमबार बोइङ विमानमा प्रयोग हुने इन्धन नियन्त्रण स्विचहरू सुरक्षित रहेको बताए पछि यो आदेश आएको हो । दुर्घटनाको प्रारम्भिक प्रतिवेदनमा उडान पछि केही क्षणमै जहाजको इञ्जिनमा इन्धन आपूर्ति रोकिन पुगेको देखिएपछि यी स्विचहरूको सुरक्षाका विषयमा गम्भीर चासो बढेको हो ।
भारतको अहमवादबाट लन्डन जाँदै गरेको बोइङ ७८७ ड्रीमलाइनर फ्लाइट १७१, जुन गत दशकको सबैभन्दा गम्भीर विमान दुर्घटनामध्ये एक मानिएको छ । शनिबार सार्वजनिक गरिएको प्रारम्भिक प्रतिवेदनपछि भारत र अन्तर्राष्ट्रिय विभिन्न सरोकारवालाहरूले प्रतिक्रिया जनाउँदै कारबाही सुरु गरेका छन् ।

DGCA ले आफ्नो आदेशमा जुलाई २१ भित्र अनिवार्य रूपमा जाँच सक्न निर्देशन दिदै भनेएको छ, “निरन्तर सुरक्षा र हवाइ संचालनको विश्वसनीयता सुनिश्चित गर्न समयसीमाको कडाईका साथ पालना गर्नु आवश्यक रहेको छ ।”  जाँचहरू २०१८ मा FAA द्वारा जारी गरेको परामर्श अनुरूप गर्नुपर्ने बताइएको छ । प्रारम्भिक रिपोर्टमा पनि सो परामर्शको उल्लेख गरिएको छ । सो २०१८ को FAA परामर्शले बोइङ मोडलहरू संचालन गर्ने कम्पनीहरूलाई इन्धन कट-अफ स्विचहरू आकस्मिक रूपमा बन्द नहुने सुनिश्चित गर्नका लागि तिनीहरूको लकिङ प्रणालीको जाँच गर्न सिफारिस गरेको थियो तर अनिवार्य भने बनाइएको थिएन।

एएआईबी (Aircraft Accident Investigation Branch) ले भने अनुसार, एयर इन्डियाले ती जाँचहरू नगरेको थियो किनभने ती आवश्यक थिएनन्।

अब DGCA ले सबै एयरलाइन्सलाई ती स्विचहरूको परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश दिएको छ।

FAA ले आफ्नो जवाफमा भनेको छ कि २०१८ को परामर्श “त्यस आधारमा गरिएको थियो कि केही विमानमा ती स्विचहरू लक प्रणाली नलगाई इन्स्टल गरिएको थियो”।
तर FAA ले यस्तो अवस्था भए पनि ती विमानहरू असुरक्षित छन् भन्ने विश्वास भने नगरेको बताएको छ।

सोमबार, भारतीय व्यावसायिक पाइलट संघ ले फ्लाइट १७१ का चालकदलको बचाउ गर्दै भन्यो, “उनीहरूले चुनौतीपूर्ण परिस्थितिमा आफ्नो तालिम र जिम्मेवारी अनुसार व्यवहार गरेका थिए, र अनुमानकै आधारमा उनीहरूलाई दोषी ठहर गर्नु उचित होइन।” एएआईबीले शनिबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा फ्लाइट १७१ मा इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू “रन” बाट “कट-अफ” स्थितिमा सारिएको थियो, जसले विमानको थ्रस्टमा अवरोध पुर्‍याएको थियो ।

रिकभर गरिएको ककपिट आवाज रेकर्डिङमा, एक पाइलटले “किन बन्द गर्यौ ?” भनी सोधेको आवाज सुनिएको छ । जवाफमा अर्को पाइलटले “मैले गरेकै होइन” भनेका थिए । प्रारम्भिक प्रतिवेदनको उद्देश्य “दोष वा जिम्मेवारी तोक्नु होइन” भनेर स्पष्ट गरिएको छ।

यस्तै समाचार एजेन्सीले रॉयटर्सका अनुसार दक्षिण कोरियाले पनि आफ्नो देशका सबै बोइङ विमान सञ्चालन गर्ने एयरलाइन्सलाई इन्धन स्विचको परीक्षण गर्न आदेश दिने तयारी गरिरहेको जनाएकोछ । *** एजेन्सीको सहयोग

तपाईको प्रतिक्रिया