Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

पेरिस – हवाईजहाजमा प्रयोग हुने सामान्य झोलामा स्केच गरिएको पहिलो र ऐतिहासिक ‘बर्किन ह्यान्डब्याग’ पेरिसमा भएको एक लिलामीमा कीर्तिमानी ८६ लाख युरो (करिब १०.१ मिलियन डलर) मा बिक्री भएको छ । यो मूल्यसँगै उक्त ब्याग लिलामीमा बिक्री भएको इतिहासकै दोस्रो सबैभन्दा महँगो फेसन वस्तु बनेको छ ।

एक जापानी निजी संकलकले खरिद गरेको यो ब्यागको अन्तिम बोली ७ मिलियन युरो लागेको थियो, जसले ह्यान्डब्याग लिलामीको पुरानो कीर्तिमानलाई ठूलो अन्तरले तोडेको छ । हालसम्म ‘द विजार्ड अफ ओज’ फिल्मको रुबी रातो जुत्ता मात्र योभन्दा महँगो मूल्यमा बिक्री भएको छ ।

यो ब्यागको जन्म सन् १९८० को दशकमा बेलायती फेसन आइकन जेन बर्किन र हर्मेसका तत्कालीन प्रमुख जेन-लुइस डुमासबीचको एक हवाई भेटमा भएको थियो। बर्किनले आफूलाई चाहिएको ठूलो र व्यावहारिक ब्यागको डिजाइन विमानको झोलामा कोरेकी थिइन्, जसको आधारमा हर्मेसले यो अद्वितीय ब्याग तयार गरेको थियो ।

स्वर्गीय जेन बर्किनको व्यक्तिगत प्रयोगमा रहेको यो प्रोटोटाइप ब्यागमा नछुट्टिने काँधको फिता जस्ता केही विशेष डिजाइनहरू छन्, जसले यसलाई पछि बनेका व्यावसायिक ब्यागहरूभन्दा फरक बनाउँछ । एक व्यावहारिक वस्तुबाट सुरु भएको यो ब्याग आज फेसन जगतमा विलासिता र प्रतिष्ठाको एक कालातीत सांस्कृतिक प्रतीक बनेको छ ।

तपाईको प्रतिक्रिया