Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – इरानको एक प्रमुख आणविक केन्द्रमा भएको भनिएको अमेरिकी आक्रमण र त्यसको प्रभावबारे अमेरिकी सरकारभित्रैबाट परस्पर विरोधी सूचनाहरू सार्वजनिक भएका छन्, जसले घटनालाई थप रहस्यमय बनाएको छ । अमेरिकी सेनाको एक गोप्य मूल्याङ्कनले आक्रमणबाट इरानको आणविक कार्यक्रममा खासै क्षति नपुगेको र केन्द्र एक महिनाभित्रै पुनः सञ्चालनमा आउन सक्ने देखाएको छ भने ह्वाइट हाउसले उक्त रिपोर्टलाई ठाडै अस्वीकार गरेको हो ।

अमेरिकी रक्षा मन्त्रालय, पेन्टागन अन्तर्गतको डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) को एक प्रारम्भिक मूल्याङ्कन रिपोर्ट अमेरिकी सञ्चारमाध्यम सिबिएस न्युजलगायतले सार्वजनिक गरेका थिए । उक्त रिपोर्टअनुसार इरानको फोर्डो आणविक केन्द्रमा गरिएको आक्रमणले लक्षित उद्देश्य पूरा गर्न सकेन । आक्रमण केन्द्रको प्रवेशद्वारमा मात्र सीमित भएको र पहाडको गुफाभित्र अत्यन्त गहिराइमा सुरक्षित राखिएको मुख्य आणविक संरचनामा कुनै क्षति नपुगेको रिपोर्टमा उल्लेख छ ।

तर, यो रिपोर्ट सार्वजनिक भएलगत्तै ह्वाइट हाउसले कडा शब्दमा यसको खण्डन गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले यसलाई अमेरिकी गुप्तचर निकाय र राष्ट्रपतिलाई कमजोर देखाउने एक ‘गलत प्रयास’को संज्ञा दिएकी छन् । सामाजिक सञ्जालमा एक पोस्टमार्फत उनले रिपोर्टको प्रामाणिकतामाथि प्रश्न उठाउँदै लेखेकी छन्, ‘यो रिपोर्ट सरासर गलत हो । हजारौँ पाउन्डको बमले आफ्नो निशानामा प्रहार गर्दा के हुन्छ, त्यो सबैले बुझ्ने कुरा हो ।’

सिबिसी न्युजले सार्वजनिक गरेको रिपोर्ट र लेभिटको भनाइले घटनाबारे दुई पूर्णतः फरक तस्वीर प्रस्तुत गरेका छन् । रिपोर्टले आक्रमण रणनीतिक रूपमा कमजोर भएको संकेत गर्छ भने ह्वाइट हाउसको प्रतिक्रियाले आक्रमण आफ्नो उद्देश्यमा सफल भएको दाबी गर्छ । यो घटनाले अमेरिकी प्रशासनभित्रकै सूचना प्रवाह र समन्वयमा प्रश्न उठाएको छ । एकातिर रक्षा निकायको मूल्याङ्कन बाहिरिनु र अर्कोतिर राष्ट्रपतिको कार्यालयले त्यसलाई ठाडै नकार्नुले यो विषय अब सैन्य कारबाहीमा मात्र सीमित नभएर राजनीतिक दाउपेचको हिस्सा बनेको देखिन्छ । 

तपाईको प्रतिक्रिया